Sunday, November 24, 2024

महिनावारी स्वच्छता दिवसमा साइकल र्‍याली

काठमाडाैं–विश्व महिनावारी स्वच्छता दिवसका अवसरमा शनिबार विहान राजधानीमा साइकल र्‍यालीको आयोजना गरिएको छ।

महिनावारीवारे जनचेतना जगाउने उद्देश्यले एक्सपोज नेपालको आयोजनामा अन्य सहयोगी संस्थासँग मिलेर साइकल र्‍यालीकाे आयोजना गरिएको अभियन्ता दुर्गा कार्कीले जानकारी दिइन। ‘अति भयो महिनावारीको, सबै सीमा तोडौँ’ भन्ने नारासहित उक्त दिवस मनाइँदै आएको छ। साइकल र्‍यालीमा पुरुषहरुको सहभागीता रहेको थियो।

महिनावारी समस्या नभइ नियमित प्रकृया भएपनि जनचेतनाको कमी भइ विभिन्न समस्या उत्पन्न भएकाले पुरुषकै माध्यमबाट जनचेतना जगाउन र्‍याली निकालिएको आयोजकले जनाएको छ।

र्‍याली बसन्तपुरबाट सुरु भई ललितपुरको मंगलबजारमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रमको मिडिया पार्टनरका रुपमा रेडियो सगरमाथा एफएम १ सय थोप्लो ४ मेगाहर्ज रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार