Friday, September 20, 2024

बागमती सफाइको २६३ औँ साता

काठमाडाैं–बागमती सरसफाई महाअभियानको २६३ औ सातामा शनिबार कोटेश्वर महादेब मन्दिर वरपर सरसफाई गरिएको छ।

कोटेश्वर महादेब मन्दिर नजिकको बाग्मति पुलको, आलोकनगर टोल र श्रीनगर टोलको संगमस्थलमा सरसफाई गरिएको होे। योसँगै बागमती नदीको अन्य क्षेत्रमा पनि सरसफाई गरिएको छ।

गत साता बागमती नदी सरसफाई महाअभियानको ५ वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रम गरिएको थियो। २०७० साल जेठ ५ गतेदेखि निरन्तर रुपमा शनिबारको दिन बाग्ग्मती सरसफाई हुँदै आएको छ।

बागमतीका सहायक नदीहरुमा पनि सरसफाई भइरहेको छ। यसैगरी, चक्रपथसरसफाई अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सरसफाई भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार