Friday, September 20, 2024

धानबालीमा मरुवा रोग

ललितपुर– धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन नसकेको सरकारी अधिकारीहरूले बताएका छन्।

शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताए। मरुवा(ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न सकेको छैन। उनले भने, ‘हामी रोग अवरोधक जात विकास गर्न अनुसन्धान गरिरहे पनि नतिजा निस्केको छैन।’

पहिले सानो स्वरुपमा देखिए पनि यो रोगले बिस्तारै ठूलो स्वरुप लिइने प्राविधिक पराजुलीले बताए। रोग शुरु हुँदा पातमा सिसाकलमले धर्सा लगाए जस्तो देखिन्छ। पछि बिरुवाको सबै भागमा रोग फैलिएर फललाई असर गर्छ। उनले भने, ‘यो रोग लागेपछि कहिले पात त कहिले पूरै बोट सुकेर जाने सम्भावना रहन्छ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार