Friday, September 20, 2024

बालीमा लाग्ने रोगप्रति सजग छैनन् किसान

ललितपुर– अधिकांश किसान बालीमा लाग्ने रोगको उपचारका लागि सजग नरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

रोगले बोट नै नष्ट भइसकेपछि मात्रै किसान रोगको जाँच गर्नका लागि प्रयोगशाला पुग्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बालीमा रोग लाग्नासाथ समाधान सम्भव भए पनि किसान ढिलो आउँदा बाली नष्ट भइसक्ने महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरको भनाई छ । बालीमा कुनै पनि खालको समस्या देखिनासाथ किसान एग्रो भेट पुग्ने गरेका छन् । एग्रो भेटले हेर्दै नहेरी किसानलाई बिरुवामा प्रयोग गर्न विषादी दिन्छन् । एकथरी समस्या र अर्काे उपचार हुँदा रोग नियन्त्रण नहुने गरेको मानन्धरको भनाई छ ।

कतिपय रोग पहिले सानो रुपबाट शुरु भएर पछि बालीको सबै भागमा फैलन्छ । बोट नै कुहाउने वा सुकाएर उत्पादन ठप्प गर्ने खालका रोग धेरै छन् । कतिपय अवस्थामा रोगले नभएर कीराले बोटमा आक्रमण गर्दा बिरुवामा असर देखिन्छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार