Friday, September 20, 2024

हात्ती धपाउने अनौठो उपाय

काठमाडौं – मानव–वन्यजन्तु द्वन्द्व भारतको तमिलनाडु राज्यमा नौलो विषय होइन् । हात्तीको प्राकृतिक मार्गमा मानव बस्ती विस्तार भएका कारण कुनै पनि समय तिनीहरूको झुन्ड हिंस्रक रूपले फर्कने डर स्थानीयवासीहरूमा पाइन्छ ।

तर गरुडा एरोस्पेस प्रमुख कार्यकारी विमलराजले त्यसलाई रोक्ने उपाय विकास गरेको बताएका छन् । स्पीकर जडित ड्रोनमार्फत् सिंहको गर्जनको आवाज बजाएर हात्ती धपाउन सकिने उनले दावी गरेका छन् ।

उनी भन्छन् ‘हामीले जम्मा ४ सय ग्राम तौलको चर्को आवाज दिने एप्लिफायर बनायौँ । यो पुरै यन्त्रको तौल केवल २.५ किलो छ । यो प्रणालीले मौरी भनुभुनाएको आवाज तथा सिंहको गर्जन सुनाउन सक्छ । यसले हात्तीहरुलाई वनतिर धपाउन सहयोग पुगेको छ ।’

रेलवे ट्रयाक तथा बाली लगाएको जमिनमा आउन नदिन पाँचवटा ड्रोन प्रयोगमा ल्याइएको छ । ती ड्रोनले हात्तीको आवत जावतको पनि अनुगमन पनि गर्छन् ।

अग्रि फाउण्डेशनका संस्थापन अग्रिधर जयप्रकाशले भने ‘वन अधिकारीले पाँच किलोमिटर टाढा रहेको कार्यालयबाटै ड्रोनको नियन्त्रण गर्न सक्छन् । उनको ड्रोनमा लाउडस्पीकर तथा सेन्सर जडान गरिएको छ ।’ खासगरी पानीको अभावमा हात्तीहरु वनबाट बाहिरिन खोज्छन् जसले गर्दा मानवसँग द्धन्द्ध हुने खत्तरा रहन्छ । साभार :बीबीसी

ताजा समाचार

सम्बन्धित समाचार