Friday, September 20, 2024

वन्यजन्तु र वनस्पतीको जीवन सुरक्षित गरौं : डा. ढकाल (अडियो सहित)

विश्वमा नेपाल जैविक विविधताको हिसाबले अब्बल रहेको छ। नेपालमा विभिन्न दुर्लभ वन्यजन्तु,वनस्पती र चराचुरूङ्गी पाइन्छ । संसारमा पाईने चरा मध्ये १० प्रतिशत चरा नेपालमा पाइन्छन् । जैविक विविधताको हिसाबले नेपाल विश्वको २५ औं स्थानमा पर्छ भने एसियामा ११ औं स्थानमा रहेको एक अध्ययनले देखाएको छ ।

आज मे २२ अर्थात ‘विश्व जैविक विविधता दिवस’ जैविक विविधता संरक्षणमा जोड दिँदै नेपालमा पनि मनाइँदै छ । हरेक वर्षको मे २२ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९९२ मा ब्राजिलमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धिका पारित गरेपछि सन् १९९४ देखि यो दिवस मनाइदै आएको छ ।

यसपटकको ‘जैविक विविधता दिवशको नारा जैविक विविधता महासन्धिका २५ वर्ष : पृथ्वी सुरक्षित जीवनको सुनिश्चितता’ रहेको छ । जैविक विविधताको संरक्षणका लागि २५ औं वर्षमा सरकारले गरेको काम र यसको चुनौतीका विषयमा केन्द्रित रहेर वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख डा. महेश्वर ढकालसँग रेडियो सगरमाथा र हाकाहाकीका लागि नविन लुईटेलले गरेको कुराकानी ।

यस वर्षको नारा ‘जैविक विविधता महासन्धिका २५ वर्ष : पृथ्वी सुरक्षित जीवनको सुनिश्चितता’ यसको अर्थ के हो ब्राजिलमा आज भन्दा २५ वर्ष अगाडि यो महासन्धिको जन्म भएको हो । मंगलबार यो दिवस २५ औं वर्षमा प्रवेश गरेको छ । नेपालले पनि तत्कालै यो महासन्धिमा हस्ताक्षर गरेर १९९३ मा त्यती बेलामा संसदबाट पारित गरेर १९९४ मा सदस्यता लिएर २५ औं वर्ष काम गरेको अवस्था छ ।

हामील सुरक्षित जीवन र आवश्यकताको कुरा गर्नु पर्दा हामी मानिसको मात्र नभएर पृथ्वीमा भएका सम्पूर्ण जीवाणु र त्यसमा पनि वन्यजन्तु,वनस्पती सबैको जीवनलाई सुरक्षित गरौं भनेर २५ वर्षमा हामीले एउटा प्रयास गरौं । यसको समिक्षा गरौं । भोलीका दिनमा अझ सुरक्षितहुने गरेर जाऔं भनेर यो नारा तयार गरिएको छ ।

यदी मान्छेले आफु सुरक्षितहुँदै अन्य वन्यजन्तुको सुरक्षा गरेन भने अरू कसैले पनि सुरक्षा गर्दैन । २५ वर्षको प्रयास यसबाट प्राप्त उपलब्धी र यसमा गर्न नसकिएका कामहरूलाई समीक्षा गरी भोलीका दिनहरूका अझ सुरक्षित भएर जानका लागि आजको नाराले प्रेरण दिन्छ जस्तो लाग्छ ।

अडियो सन्नुहोस्

[zoomsounds_player artistname=”Bihani kura 08″ type=”audio” dzsap_meta_source_attachment_id=”4194″ source=”http://www.hakahakionline.com/np/wp-content/uploads/2018/05/bihani-kura-08.mp3″ config=”default” autoplay=”off” loop=”off” open_in_ultibox=”off” enable_likes=”off” enable_views=”off” play_in_footer_player=”off” enable_download_button=”on” download_custom_link_enable=”off”]

जैविक विविधताका कस्ता खालका चुनौतीहरू छन् ?
चुनौती तीन चरणबाट हेर्न सकिन्छ : अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरको चुनौती । भोलीका ती चुनौतीहरूलाई सामान पनि त्यही हिसाबले गर्नुपर्न हुन्छ । अन्तराष्ट्रिय हो भने सन्धि महासन्धिसँग समन्वय गरेर जाने कुरा पर्दछ । राष्ट्रिय रूपमा नीति निर्माण र सांगठनिक रूपमा जाने । स्थानीय र प्रदेशस्तरमा कार्यान्वयनमा बढी जोड दिने ।

वन्यजन्तुको चुनौती थुपै छन् । मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । शहरीकरण बढ्दो छ । बसाईसराई बढ्दो छ । विश्वव्यापीकरण बढ्दो छ । विकासले पनि त्यही हिसाबले गति लिएको छ । हाम्रो देश विकासउन्मुख हो भने अरू देशहरू धेरै अगाडि बढिसकेका छन् । अगाडि बढेका देशहरूले मुख्य गरी कार्वन उत्सर्जनबाट धेरै क्षती पु¥याएका छन् । जलवायु परिवर्तन र त्यसको प्रत्यक्ष असर वन्यजन्तु र वनस्पतीमा परेको भन्ने छ ।

नेपालमा वन्यजन्तु र वनस्पतीको संरक्षण व्यवस्थापन,उपयोगमा प्राप्त काम गर्न नसकेको यर्थाथ छ । तर हाम्रो सरकारको क्षमता हाम्रो जीवनस्तरलाई एक ठाउँमा केलाएर हे¥यो भने हामीले थुपै्र उपलब्धी हासिल गरेका छौं । वन्यजन्तु र वनस्पतीहरू अथवा यसको पारिस्थिति प्रणालीलाई कायम राख्न हामीले थुप्रौं काम गर्नुपर्ने देखिन्छ । त्यो गर्नका लागि त्यही किसिमको हामीसँग स्रोत र साधन पनि हुनु प¥यो । नीति कानून पनि हुनु प¥यो । सांगठनिक संरचना पनि हुनु प¥यो । सबैलाई साथमा लिएर अगाडि बढ्नुपर्ने हाम्रा चुनौतीहरू छन् । मुख्य कुरो स्रोत र साधनको हो।

हामीले गरेका उपलब्धीको पाटोबाट हेर्ने हो भने समूदायमा आधारित सामूदायिक वनहरू नेपालमा मात्र नभएर संसारमा प्रख्यात हुने किसिमले काम गरेका छौं। नेपालको संरक्षीत क्षेत्रलाई हेर्नुभयो भने यसले गरेका कामहरू र यहाँ भएका वन्यजन्तुहरूको संख्या बृद्धि भएको छ। राष्ट्रिय र अन्तराष्ट्रिय सम्बन्धहरू अगाडि बढाएका छौं । यस्तो थुप्रौ उपलब्धीहरू पनि हाम्रा अगाडि छन्।

जैविक विविधताका हिसाबले नेपाल कुन स्थानमा छ ?
संसारमा पाईने चरामध्ये १० प्रतिशतको हाराहारीमा नेपालमा पाइन्छन्। जबकी नेपालको क्षेत्रफललाई तुलना गरौं भने ०.०१ प्रतिशत हाराहारीमा छ । नेपाल जैविक विविधताको हिसाबले धेरै माथिल्लो स्थानमा पर्छ।

वन्यजन्तु, जडिबुटीको प्रकार प्रकृतिहरू छन् यी सबैमा हाम्रो उपल्लो स्थान छ अन्तराष्ट्रिय स्तरमा । हाम्रा भन्दा राम्रा भएका देशहरू पनि छन् ।

नजिकैको भारत,ब्राजिल,इन्डोनेशिया जस्ता देशरूमा उष्ण हावापानीले गर्दा वन्यजन्तु र वनस्पतीमा धेरै राम्रो छ । तर अरू देशहरूसँग तुलना गर्ने हो भने नेपाल जैविक विविधतामा धेरै माथिल्लो देशभित्र पर्छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार