Friday, October 25, 2024

छापामा आज : प्लास्टिक झोलामुुक्त घोषणामै सीमित, आम्दानी बढाउन क्रसर उद्योग

काठमाडौं – संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाले वन, वातावरण, प्रदूूषण, प्राकृतिक स्रोतको दोहन लगायतका विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।

काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त बनाउने दुई वर्ष अघिको घोषणा अझै कार्यान्वयन नआएको खबर नागरिक दैनिकले छापेको छ। नागरिकमा बसन्त खड्काले लेखेका छन्, ‘सरकारले वातावरण ऐन, २०५३ अनुसार काठमाडांैं उपत्यकामा २०७२ बैशाख १ गतेदेखि प्लास्टिक झोला नियन्त्रण गर्ने निर्णय गरेको थियो। सरकारले २०७१ चैत १८ गते राजपत्रमा सूचनासमेत प्रकाशित गरेको थियो। सरकारको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा प्लास्टिकको झोला नियन्त्रणमा आउन नसकेको सो खबरमा उल्लेख छ । २० इन्च चौडाइ, ३५ इन्च लम्बाई र ४० माइक्रोन मोटाइका झोलाको प्रयोगमा रोक लगाइएको छ।’

समाचारमा उल्लेख भए अनुसार सरकारले यस्ता झोलाको भण्डारण , विक्री वितरण र आयातमा समेत प्रतिबन्ध लगाएर प्रयोग गर्नेलाई ५० हजारसम्मको जरीवाना लगाएको थियो । तर, नियामक निकायको वेवास्ताका कारण झोलाको प्रयोग बढेको नागरिकले उल्लेख गरेको छ ।

नागरिक दैनिकमा नै ‘पशुजन्य उद्योग र फार्मलाई वातावरणीय कानुनमा कडाइ’ शीर्षकमा पनि समाचार प्रकाशित छ। एकै दिन ३९ जना आरोहीले सगरमाथा चढेको र आरोहणका क्रममा एक जना जापानी आरोहीको मृत्यु भएको खबर पनि नागरिकमा छ।

सगरमाथा आरोहण सम्बन्धी समाचार अन्नपूर्णमा पनि छ । सोलुखुम्बुका ३७ वर्षीय निमानुरु शेर्पाले २२ औँ पटक सगरमाथा आरोहण गर्ने तयारी गरेको समाचार अन्नपूूर्णमा छेटु शेर्पाले लेखेका छन्। यसैगरी ललितपुर जिल्लाभर शौचालयको अनुगमन सुरु गरिएको समाचार, धादिङमा वन र स्थानीय तहबीचको सम्बन्ध चिसिदै गएको समाचार अन्नपूर्णमा छ ।

कान्तिपुर दैनिकमा ‘नगरपालिकाले आम्दानी बढाउन क्रसर चलाउने’ शीर्षकमा चितवन आएको खबर छापिएको छ। समाचारमा अगाडि भनिएको छ, ‘दर्जनौं खहरे खोलाले घेरिएको र चिरिरहेको माडी नगरपालिकाले क्रसर उद्योग नै राखेर आम्दानी बढाउने योजना बनाएको हो। निर्माण सामग्री उत्पादन गर्ने मात्र नभएर एक्साभेटर, ग्रेडर, लोडर जस्ता यन्त्र उपकरणबाट पनि नगरपालिकाले आम्दानी गर्ने भएको छ।’ यसैगरी, कान्तिपुरमा दमकबाट अर्जुन राजवंशीले ‘नेक ब्लास्ट’ ले चैतेधान सखाप’ शीर्षकको समाचार लेखेका छन्। ‘गौरादह नगरपालिका १ टुकुनाखाडी किसानले लगाएको चैतेधानमा ‘नेक ब्लास्ट’ रोगले क्षति पुर्याएको र उक्त रोगका कारण ४ विगाह खेतको धान पूूर्ण रुपमा नस्ट भएको समाचारमा उल्लेख छ।

सुनसरीमा सूूर्यमुखी फस्टाउँदै गएको खबर पनि कान्तिपुरमा छ।

‘रेडपान्डा मर्यो’ शीर्षकको भोजपुरको समाचा राजधानी दैनिकमा छापिएको छ । बाट युवराज विष्टले लेखेको समाचारमा भनिएको छ, ‘षडानन्द नगरपालिका–९ किमालुङस्थित भालुखोला सामुदायिक वनमा विरामी अवस्थामा भेटिएको रेडपान्डा उपचारका क्रममाम सोमबार मरेको छ।’

राजधानी दैनिकमै कालिकोटबाट प्रेमराज सिम्खडाले लेखेको समाचारमा शुभकालिका गाउँपालिकाले केन्द्रमा मोटरबाटोपु¥याउनेयोजना सहित डिपीआर बनाएको उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा ‘ऊर्जालाई कम महत्व’ शिर्षकको समाचार कारोबार दैनिकमा छ। ऊर्जामन्त्री वर्षमान पुनले ऊर्जालाई विकास गर्ने घोषणा गरेपनि सरकारको नीति तथगा कार्यक्रममा यस क्षेत्रलाई कम प्राथमिकता दिइएको खबर उल्लेख छ ।

‘भारत–चीन जोड्ने सडक शिलान्यास’ शीर्षकमा सुर्खेतबाट गोविन्द खत्री लेखेको समाचार पनि कारोबारको पहिलो पृष्ठमा छ ।

यस्तै जंगल संरक्षण गर्न आधुनिक चुलो वितरण सम्बन्धी काभे्रको समाचार, धनकुटाको झरनाको समाचार, रुकुम पुर्वको भुमे गाउँपालिकाको झुम्लाबाग जंगलमा फूलेको लालीगुँरासको तस्बीर पनि कारोबारमा छ।

ताजा समाचार

सम्बन्धित समाचार