Saturday, November 29, 2025

भारी वर्षाले श्रीलंकाको जनजीवन अस्तव्यस्त

११ कात्तिक, काठमाडौँ।

भारी वर्षा र पहिरोमा परेर श्रीलंकामा ३० जना भन्दा बढीको मृत्यु भएको छ ।

१७ जिल्लामा प्रत्यक्ष परेको मौसमी प्रभावमा १४ जना बेपत्ता भएका छन् । विपद् व्यवस्थापन केन्द्र (डीएमसी) काअनुसार भारी वर्षासँगैको बाढीले हजारौँ मानिसहरू विस्थापित भएका छन् । करिब ४ सय घरहरू भत्किएका छन् ।

एक हजार १ सय १ सय परिवारका करिव चार हजार व्यक्तिहरूलाई प्रभावित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रम जारी रहेको डीएमसीले जनाएको छ । वाढी पूर्ण प्रभावित बदुल्ला जिल्लामा १८ जनाको मृत्यु भएको छ ।

केगालेमा ७ र नुवारा एलियामा ४ जनाले ज्यान गुमाएका छन् । हम्बनटोटा र कुरूनेगलामा १/१ जनाको मृत्यु भएको डीएमसीले जनाएको छ । पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरोको खतरा यथावत रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

खराब मौसमले जनजीवन प्रत्यक्ष प्रभावित बनेपछि यसअघि तय भएका विश्वविद्यालयका परीक्षा स्थगित गरिएको छ ।

एजेन्सीहरूको सहयोगमा।

ताजा समाचार

सम्बन्धित समाचार