Friday, October 25, 2024

पत्रपत्रिकामा वातावरण : ‘उपत्यकालाई हरियाली चाहियो’, अन्नपूर्णमा नयाँ पदमार्ग पहिचान

काठमाडौं– संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबारको अंकमा वन तथा वातावरणसँग सम्बन्धीत समाचार प्राथमिकताका साथ छापेका छन्।

कान्तिपुर दैनिकले ‘उपत्यकालाई हरियाली चाहियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ। उक्त खबर अतुल मिश्रले लेखेका हुन्। ‘राजधानीलाई दीगो रुपमा स्वस्थकर र बस्न लायक बनाउन पर्याप्त रुख रोप्नुको विकल्प नभएको विज्ञले बताएको समाचारमा उल्लेख छ। बोटविरुवा प्रदूूषण हटाउने प्राकृतिक मेसिन भएकाले यसको समूचित उपयोगले नै राजधानीलाई स्वस्थकर बनाउन सकिने ठम्याई उनीहरुको छ । अध्ययन अनुसार एक व्यक्तिका लागि कम्तिमा ६ भन्दा बढी रुखको दरले यहाँ हरियाली हुनुपर्छ ।

कान्तिपुरमा सहजनाथ वन अनियमितता सम्बन्धि समाचार पनि छापिएको छ। अब्दुल्लाह मियाँले लेखेको समाचारमा बाराको सहजनाथ साझेदारी लगायत वनको काठ हिनामिना बारे छानबिन गर्न गठित कार्यदलले जिल्ला वन अधिकृतसहित सबै कर्मचारी संलग्न रहेको ठहर गर्दै उनीहरूमाथि तत्काल कारबाही अघि बढाउन सुझाव दिएको छ । सगरमाथा आरोहणका लागि उक्लदै गर्दा मेसिडोनियाली आरोहीको मृत्यु भएको खबर पनि कान्तिपुरमै छ।
यसैगरी, जाजरकोटको सौरेनी खानीबाट बहुमूल्य खनिज चोरीनिकासी भएको समाचार र काठमाडौं तराई–फाष्ट ट्रयाक र मैलुङ–स्याफ्रुबेसी दोहोरो ट्रयाकको समाचार पनि सोही पत्रिकामा छ।

राजधानी दैनिकमा जडिबुटीबाट कर्णालीका युवालाई रोजगारी दिने समाचार प्रकाशित छ । ‘तिलोत्तमालाई भू–उपयोग नक्सा हस्तान्तरण’ शीर्षकको रुपन्देहीको समाचार पनि प्रकाशित छ। ‘सोलु कोरिडोर प्रसारण लाइन समयमै सक्न ताकेता ’ शीर्षकको खबर पनि छ ।

नयाँ पत्रिकामा ‘अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्ग पहिचान ’ शीर्षकमा समाचार छ। विश्वका १० प्रमुख पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा ३ दिने नयाँ पदमार्ग पहिचान भएको समाचारमा उल्लेख छ।

अन्नपूर्ण पोस्टमा ‘इलाममा प्याराग्लाइडिङ परीक्षण’, ‘विदेश छाडेर हाइटेक नर्सरी’ र सिराहामा हुरीले ६ अर्बको क्षति लगायतका खबर छन्। यसैगरी दाङको शान्तिनगर गाउँपालिकामा खानेपानीको अभाव भएपछि स्थानीय खोल्साखोला धाएर पानीको जोहो गरिरहेको खबर र पानी अभावमा कृत्रिम ताल संकटमा परेको पाल्पाको खबर पनि अन्नपूर्णमै छ ।

नागरिकले ‘तुुइनमुक्त हुँदै धादिङ’ शीर्षकमा समाचार छापेको छ। यसैगरी ठमेलका सडकमै हिँड्न सास्ती भएको खबर पनि नागरिकमा छ।

ताजा समाचार

सम्बन्धित समाचार