Saturday, December 13, 2025

सामुदायिक वनको संख्या २ हजारले बढ्यो

काठमाडौं–देशभर २२ हजार भन्दा बढि सामुदायिक वन रहेको वन विभागले जनाएको छ।

छैठौं वन अधिकृतहरूको राष्ट्रिय गोष्ठीमा बोल्दै विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले सामुदायिक वनको संख्या बढेको जानकारी दिएका छन्। उनका अनुसार देशभर २२ हजार २ सय ६६ वटा सामुदायिक वन रहेको तथ्यांक छ।

गोष्ठिमा सहभागी हुन आएका जिल्ला वन अधिकृतहरुको तथ्यांकका आधारमा सामुदायिक वनको संख्या २२ हजार २ सय ६६ वटा भएको उनले बताए।

यसअघि १९ हजार २ सय १६ वटा सामुदायिक वन रहेका थिए । जसअनुसार २ हजार ३ सय ५० सामुदायिक वन थपिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार