Thursday, October 24, 2024

तेस्रो लाङ्टाङ म्याराथन सम्पन्न

रसुवा–अन्तर्रा्ष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम भएका छन् । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम भएका छन् । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया तेस्रो लाङ्टाङ म्याराथन सम्पन्न राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय भएका छन् ।
म्याराथनका विजेता पुरुष र महिला दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख पाँच हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको सहआयोजक रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा रसुवा– नुवाकोट पर्यटन समाजको सहआयोजनामा भएको उक्त प्रतियोगितामा ९० जना धावक सहभागी थिए । जसमा ३० महिला र पाँच (विदेशीसहित) ६० जना पुरुष रहेका छन् ।
समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङ्जिङ गुम्बाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले म्याराथनको उद्घाटन गरेका थिए ।
क्याङ्जिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुङ्गिएको थियो । रसुवाका सांसद मोहन आचार्यले प्रतियोगिताको समापन गरेका थिए ।
टानले २०७३ देखि लाङ्टाङको अन्तर्रा्ष्ट्रियरुपमा प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अन्तर्रा्ष्ट्रिय लाङ्टाङ म्याराथनको आयोजना गर्दै आएको छ । म्याराथनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको लाङ्टाङ म्याराथनका संयोजक ऋतु ग्याम्दानले बताए ।
‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताले साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको व्यवसायीको भनाइ छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङ्टाङको पुनः निर्माणस्वरुप टानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।
सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङ्टाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङ्टाङ गएको टानले जनाएको छ । गन्तव्य पुग्ने बाटो तथा होटल बन्ने र थपिने क्रम रहेकाले अझै धेरै पर्यटकको पर्खाइमा लाङ्टाङ छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार