Thursday, October 24, 2024

पत्रपत्रिकामा वातावरण समाचार ः रित्तिदै हिमाल, सामुदायिक वनको संख्या २ हजारले वढ्यो

काठमाडौं –आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुले वातावरण सम्वन्धी समाचारलाई त्यति प्राथमिकता दिएका छैनन् । वातावरणसम्बन्धी समाचारहरु भित्री पृष्ठहरुमा प्रकाशित भएका छन् ।
‘२४१ आरोही सगरमाथा शिखरमा’ शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ । यस वर्ष वसन्त ऋतुको आरोहण सुरु भएसँगै शुक्रबारसम्म स्वदेशी र विदेशी गरी २४१ जना आरोही सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् ।
कान्तिपुर दैनिकमा ‘रित्तिदै हिमाल’ शीर्षकको खबर कुम्भराज राईले लेखेका छन् । ‘भुस्वर्ग मा राजनीति शिर्षकको खबर मोहन शाही र वसन्तप्रताप सिंहले लेखेका छन् ।
विपद् व्यवस्थापनमा जापानले नेपाललाई ६८ करोड ३२ लाख सहयोग दिने भएको खबर पनि राजधानीमै छ । संखुवासभाको घोरे झरना पर्यटक लोभ्याउने गन्तव्य रहेको खबर भविन कार्कीले राजधानीमा लेखेका छन् । यस्तै ‘निजी वनबाटै आत्मनिर्भर’ शीर्षकमा सविन शर्माले राजधानीको सौजन्य पृष्ठमा समाचार लेखेका छन् ।
नदी किनारमा डम्पिङ साइट , बिग्रिँदै वातावरण शिर्षकको खबर नागररिकले पृष्ठ ३ मा खबर छापेको छ । रेखा भुसालले बुटवलबाट लेखेको समाचारमा नदी किनारमा डम्पिङ साइट बिँग्रिदा वातावरणमा असर पुगेको उल्लेख छ । त्यसैगरी डब्लुडब्लुएफ नेपालका वरिष्ठ नीति तथा सुशासन निर्देशक सन्तोषमणि नेपालले ‘संरक्षणका सुनाला नौ हजार दिन’ शीर्षकमा समाचार प्रकाशित छ ।
त्यसैगरी अन्नपूर्ण पोष्टमा ‘संकटमा चौरीपालन व्यवसाय’ शीर्षकको फिदिमको खबर र ‘ नमस्ते झरनामा पर्यटकको भुइँचो’ शिर्षकमा समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
देशभर सामुदायिक वनको संख्या २ हजारले बढ्यो । देशभर २२ हजार भन्दा बढि सामुदायिक वनहरु रहेको वन विभागले जनाएको छ । छैठौं वन अधिकृतहरूको राष्ट्रिय गोष्ठीमा बोल्दै विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले सामुदायिक वनको संख्या बढेको जानकारी दिएका छन् । उनका अनुसार देशभर २२ हजार २ सय ६६ वटा सामुदायिक वन रहेको तथ्यांक आएको छ । गोष्ठिमा सहभागी हुन आएका जिल्ला वन अधिकृतहरुको तथ्यांकका आधारमा सामुदायिक वनको संख्या २२ हजार २ सय ६६ वटा भएको उनले बताए । यसअघि १९ हजार २ सय १६ वटा सामुदायिक वन रहेका थिए । जसअनुसार २ हजार ३ सय ५० सामुदायिक वन थपिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार