Thursday, October 24, 2024

प्रदुषणले श्वास–प्रश्वासका विरामी बढे

ललितपुर– धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् ।
गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताए ।
बालबालिकादेखि ज्येष्ठ नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या पाइएको छ । निमोनिया, दम, छातीको खराबी, क्षयरोग, टन्सिललगायत समस्या लिएर बिरामी आउने गरेका छन् । उनले भने्, ‘भर्ना हुने बिरामी र ओपिडी दुवैतिर यिनै बिरामी सबैभन्दा बढी छन् ।’
वातावरण प्रदूषणकै कारणले श्वास–प्रश्वाससम्बन्धी समस्या बढिरहेको उनी बताउछन् । चापागाउँ र त्यस आसपासमा बस्ती बाक्लिँदै गएको छ । उने भने, ‘बस्ती बाक्लो भएका ठाउँमा सरुवा रोगको झण्डै खतरा रहन्छ ।’ अस्पतालमा मासिक झण्डै ३५ जना श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोगका बिरामी भर्ना भइरहेका छन् । अस्पताल केही समय पहिले जिल्ला अस्पतालमा बढुवा भए पनि सामुदायिक अस्पतालकै रुपमा छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार