Thursday, October 24, 2024

भक्तपुरमा अबैध बालुवा उत्खनन् रोक

भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बालुवा उत्खनन् र बिक्रीमा रोक लगाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त थिमिमा बालुवा बिक्री गर्ने डिपो सञ्चालकको भेला गर्दै परिसले अवैध बालुवा बिक्री नगर्न निर्देशन समेत दिएको छ ।
जिल्ला समन्वय समितिसँग अनुमति नलिएका, काभ्रेलगायत विभिन्न जिल्लाबाट ल्याइएका बालुवाको बील नभएमा र दर्ता नभई डिपो सञ्चालन गरी बालुवा बिक्री गरेको पाइएमा कारबाही गरिने जनाउँदै प्रहरीले अवैध रुपमा बालुवा, माटोलगायत खानीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।
प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले अवैध बालुवा खानी र डिपो सञ्चालन बन्द गरिने बताउँदै भने, ‘आज डिपो सञ्चालकलाई बोलाएर अवैध माटो बालुवालगायत निर्माण सामाग्री ल्याउन र बिक्री नगर्न भनेका छौँ, दर्ता नभएका डिपोहरूलाई दर्ता गर्न भनेका छौँ, अब सबै डिपो करको दायरामा आउनुपर्छ, अनुमति नलिएका, खरिद बिक्रीको सही बिल नभएका बालुवा, माटो बिक्रीलाई पूर्णरुपमा रोक लगाउँछौ ।
भक्तपुरमा केही दिनयता अवैध बालुवा खानी बन्द भएका छन् । चाँगुनारायण नगरपालिकाका झौखेल र दुवाकोटमा सञ्चालन हँुदै आएका बालुवाखानी बन्द भए पनि केही अवैध खानी भने अझै सञ्चालनमा रहेको केही खानी सञ्चालककै गुनासो छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार