Tuesday, September 17, 2024

मनसुनी बाढीले २८ जनाको मृत्यु

१३ भदौ, काठमाडौं
भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षासँगैको बाढीले विगत ३ दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।

भारी बर्षाले नदीको बहाव बढेको छ भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखले पुरिएर मृत्यु भएको जनाएको छ । इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीले ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

स्रोतका अनुसार विपद्बाट करिब १ हजार ८ सय ५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ । विपद्ले ऊर्जा तथा विद्युत सेवा प्रभावित हुँदा करिब एक हजार गाउँहरू विद्युतविहीन भएको जनाइएको छ ।

विपद् अधिकारीहरूले सार्वजनिक गरेकोे तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका कागि प्रयास गरिरहेको देखाइएको छ । जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको विज्ञहरूले जनाएका छन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार