Sunday, September 8, 2024

विपद्मा १३९ जनाको मृत्यु

११ साउन, काठमाडौं
मौसमजन्य विपद्मा परेर मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । यो तथ्यांक यसवर्षको मनसुन सुरु भएयता आज अपराह् (११ साउन) सम्मको हो ।

बाढी, पहिरालगायत विपद् परी काठमाडौं उपत्यकामा २, कोशीमा २२, मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार बाढीपहिरामा परी कोशी र वाग्मती प्रदेशमा २/२ तथा गण्डकी र कर्णाली प्रदेशमा १/१ सहित ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

विपद्मा परी १ सय ५६ जना घाइते भएका छन् । बाढीले १ सय ८४ घर डुबानमा परेका छन् भने २ सय ३८ घर, ८६ गोठमा क्षति पुगेको छ । ४३ पुल, २ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ४ हजार ३० घरपरिवार विस्थापित भएका छन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार