Thursday, October 24, 2024

पत्रपत्रिकामा वातावरणका समाचार : फैलिँदैछ मिचाहा वनस्पति, असिना–पानीले कृषिमा असर

आजका दैनिक पत्रपत्रिकामा फैलिँदैछ मिचाहा वनस्पति, असिना पानीले कृषिमा असर,नदीजन्य वस्तुको अनधिकृत उत्खनन लगायतका समाचार प्रकाशित भएका छन् ।

नागरिक दैनिकमा ‘नेपालमा फैलिँदैछ मिचाहा वनस्पति’ शीर्षकमा बसन्त खड्काले लेखेको समाचार प्रकाशित भएको छ ।
विश्वका १ सय खराब मिचाहा वनस्पतिमध्ये चारवटा वनस्पति नेपालमा रहेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नेपालमा आयातित मिचाहा प्रजातिका वनस्पतिको प्रभाव विषयक कार्यशालामा वनस्पतिविद् डा. भरतबाबु श्रेष्ठले यस्तो तथ्य प्रस्तुत गरे । नेपालमा मुख्य २६ मिचाहा वनस्पति रहेको र त्यसमध्ये विश्वका एक सय खराब मिचाहा वनस्पतिमध्येका चारवटा रहेको तथ्यांक पेश गरेका छन् । औलो वनमारा , जल कुम्भि , किर्ने काँडा र लहरे वनमारालाई मिचाहा प्रजातिका रुपमा डा.श्रेष्ठले उल्लेख गरेका छन् । मिचाहा वनस्पतिको प्रभाव बढेपछि लोपोउन्मूख वन्यजन्तुको वासस्थान संकटमा पर्ने गरेको छ । यस्ता प्रजातिले सामाजिक , आर्थिक पक्षमा असर गरेको छ ।

नागरिक र कान्तिपुरमा ‘सगरमाथा शिखरमा थप १८ जना आरोहीले सफल आरोहण’ शीर्षकको समाचार प्रकाशित भएको छ ।

‘पानी लिफ्टिङ आयोजनामा ठेकेदारको ढिलासुस्ती’ शीर्षकमा नागरिकले समाचार छापेको छ ।

‘असिना–पानीको असर , कृषिमा सात अर्ब क्षति’ शीर्षकमा नयाँ पत्रिकामा खबर प्रकाशित भएको छ ।

चैतदेखि जेठ १ सम्म असिना–पानीकै कारणदेशभर ७ अर्ब ४४ करोड रुपैयाँ बराबरको कृषि उपज नष्ट भएको छ । पुर्वाञ्चलमा ६ अर्ब, मध्यमाञ्चलमा ४९ करोड, पश्चिमाञ्चलमा २० करोड, मध्यपश्चिमाञ्चलमा ८ करोड र सुदुर–पश्चिमाञ्चलमा ४६ करोड क्षति भएको कृषि भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजको अन्नपूर्ण पोस्टमा ‘काठमाडौंमा स्मार्ट पार्किङ’ र ‘मृत्यु मकालुमा मुचुल्का लुक्लामा’ शीर्षकका समाचार प्रकाशित भएको छ ।

 ‘नदीजन्य वस्तुको अनधिकृत उत्खनन’ शीर्षकको समाचार अन्नपूर्णमा छापिएको छ । दाङ जिल्लाका राप्ती , बबई , ग्वारखोला , पातुखोला लगायतका नदी तथा खोलामा नदीजन्य वस्तुको अनाधिकृत उत्खनन भइरहेको छ ।

अन्नपूर्ण पोस्टमै बाँकेको बैजनाथ गाँउपालिका फत्तेनगरमा चापाकलको पानीमा आर्सेनिक भेटिएको खबर छापिएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाका २ वटा गाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित भएको खबर राजधानीले छापेकोे छ ।

ताजा समाचार

सम्बन्धित समाचार