Sunday, October 6, 2024

भारी वर्षामा आंशिक सुधार हुँदै

२३ असार, काठमाडौं
केही दिनयताको निरन्तर भारी वर्षामा आंशिक सुधार हुने भएको छ ।

मौसम धुमिने, हल्का र मध्यम वर्षा भए पनि अब देशभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा भोलि (सोमबार)देखि क्रमशः दक्षिणतिर सर्दै जाने भएकाले वर्षाको मात्रा कमी हुने विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

भोलिबाट मौसम केही सुधार हुने महाशाखाका मौसमविद् गोविन्द झाले बताए । मध्य मनसुनको समय भएकाले सानो ठुलो वर्षा हुनु स्वभाविक भएको बताउँदै उनले भने, ‘केही दिनलाई हिजो अस्ती जस्तो देशैभरी भारी वर्षाको सम्भावना छैन ।’

भोलि कोशी, वाग्मती, लुम्बिनी प्रदेशमा सोमबार र मधेश प्रदेशका केही भेगहरूमा पर्सी (मंगलबार) नियमित वर्षा हुने प्रणाली विकास भइरहेको तर भारी वर्षाको सम्भावना घटेको झाले बताए ।

मौसमविद्हरू एक घण्टाको अवधिमा कुनै स्थान विशेषमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएमा भारी मान्ने गर्छन् । गत शुक्रबारयता देशका अधिकांश भेगहरूमा एक घण्टाको अवधिमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार