Tuesday, October 22, 2024

मर्‍यो नरभक्षी बाघ

७ जेठ, चितवन
मकवानपुरको मनहरीमा २ जना मानिसको ज्यान लिएको नरभक्षी पोथी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको बाघ मरेको हो ।

शनिबार (५ जेठ)देखि बिरामी परेको बाघ आइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षको वयस्क बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा राखेर उपचार भइरहेको थियो ।

यससँगै चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार