Friday, September 20, 2024

पत्रपत्रिकामा आज : जथाभावी प्लटिङ रोक, मापदण्ड मिचेर रुख कटान

आजका दैनिक पत्रपत्रिकाले जग्गाको जथाभावी प्लटिङमा रोक लगाएको देखि मापडण्ड मिचेर रुख कटान गरेकोका खबर प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोष्टमा ‘जथाभावी प्लटिङ रोक’ शिर्षकको समाचार प्रकाशित भएको छ । यम विरहीले लेखेको सो समाचारमा खेतीयोग्य भूमिको बढ्दो खण्डीकरण रोक्न सरकारले जथाभावी जग्गा प्लटिङ नियन्त्रण गर्न चालेको कदमलाई सर्वोच्च अदालतले वैधता दिएको छ । यही खबरसँगै ललितपुर गोदावरी नगरपालिकाको झरुवारासीमा जमिन प्लटिङ गरिएको जग्गाको फोटो पनि प्रकाशित भएको छ । यसलाई अशोक दुलालले खिचेका हुन् ।

अन्नपूर्ण पोष्टमै ‘वनमा अवैध कटान’ शिर्षकको मोरङको खबर छापिएको छ । पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वनका पदाधिकारीले सरकारी कटान आदेशबिना नै ५७ लाख मूल्यका सालका रुख काटेका छन् । सो खबर विराटनगरबाट कुमार लुइँटेलले लेखेका हुन् ।

यसैगरी ‘भारतीय सस्तो माछाले बजार ओगट्दै’ शिर्षकको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ । । जाजरकोटमा सडकको दयनीय अवस्था र सडक राम्रो नबन्दा कतिले ज्यान गुमाएको खबर पनि अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।

‘जग्गा प्लटिङमा रोक’ शिर्षकमा नागरिक दैनिकले पनि समाचार प्रकाशित गरेको छ । ‘सय आरोह रोकिए ’ शिर्षकको समाचार नागरिक दैनिकले पहिलो पृष्ठमै प्रकाशित गरेको छ । सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारणबीच बाटोमै रोकिएका छन् । सगरमाथा आरोहण सुरु भएको समाचार सोलुखुम्बुबाट राधा ढुङ्गानाले सो खबर लेखेकी हुन् ।

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमती कार्यान्वयन नभएको समाचार पनि नागरिकमा प्रकाशित छ । भारतले लालबकैया , बाग्मती र कमला नदीमा नदी तालिम कार्यक्रम तथा तटबन्ध निर्माणका लागि नेपाललाई १८ करोड ७ लाख ४ हजार रुपैयाँ अनुदान स्वरुप प्रदान गरेको समाचार नागरिकमा छ ।

‘मापदण्ड मिचेर रुख कटान’ शिर्षक दिएर देवनारायण साहले कान्तिपुरमा समाचार लेखेका छन् । यही खबरसँगै काठमाडौं–तराई द्रुतमार्गका काठ मकवानपुरको एक सामुदायिक वनलाई दिइएको खबर पनि कान्तिपुरमा प्रकाशित छ । ‘कीर्तिपुर प्लास्टिकमुक्त घोषित ’शिर्षकको समाचार कान्तिपुरमा प्रकाशित भएको छ । कीर्तिपुर नगरपालिकालाई प्लास्टिक झोलामुक्त घोषणा गरिएको छ । सोमबार नगरपालिकालाई एक कार्यक्रमकाबीच प्लास्टिकमुक्त घोषणा गरिएको हो ।

राजधानीमा ‘रौतहट पुनः डुबानमा पर्ने आशंका’ शिर्षकको समाचार प्रकाशित भएको छ । रमेश तिमल्सिनाले लेखेको समाचारमा बाढीबाट डुबानमा परेको ९ महिना बितिसक्दा पनि बकैया नदिको बाँध निर्माण नभएपछि रौतहट पुनः डुबानमा पर्ने सम्भावना बढेको कुरा उल्लेख छ ।

हिमाल आरोहणबाट यस वर्ष ४५ करोड ५८ लाख राजस्व संकलन भएको खबर राजधानीमा छ ।  नयाँ पत्रिकामा पनि सो खबर प्रकाशित छ । नयाँ पत्रिकामा काठमाडौं महानगरपालिकाले धुलो सफ ागर्न छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको समाचार प्रकाशित छ । यस्तै खोलाले बगाएकी बालिका अझै फेला नपरेको समाचार प्रकाशित छ ।

ताजा समाचार

सम्बन्धित समाचार