Sunday, October 27, 2024

पाटनमा मेला र यात्राहरु नहुने

काठमाडौ, साउन १८ (हाकाहाकी)– यसपाली ललितपुरको पाटनमा हुने बिभिन्न मेला तथा यात्राहरु नहुने भएको छ ।

ललितपुरको पाटनमा हुने गाइजात्रा, भिमसेन जाात्रा , कृष्ण जात्रा नहुने भएको छ । कोरोना सक्रमितको संख्या बढ्दै र्गएको भन्दै ललितपुरको पाटनमा हुने सम्पुर्ण यात्राहरु स्थगित भएका छन।

भोली जनैपुर्णिमाका दिन ललितपुरको कुम्भेश्वरमा हुने यसपालीको मेला नहुने कुम्भेश्वर टोल सुधार समितीका अध्यक्ष अरोज कुमार खडगीले जानकारी दिनुभएको छ । कोरोनाको जोखिम रहेको भन्दै यसपाली आज मध्यरातमा महादेवको मुर्ति पोखरीमा लगेर एकैछिन मात्र राखेर मुल पुजा र बिधिबिधानमात्र गरीने तर मन्दिर भित्र प्रबेश गराउन नदिने उहाले बताउनुभयो ।

पर्सि मंगलबार हुने गाइजात्रा पर्वमा गरीने नगर परिक्रमा पनि यसपाली नहुने भएको छ । यसैगरी साउन २९ गते हुने भिमसेन जात्रा र २८ गते हुने कृष्ण यात्रा पनि नहुने भएको छ ।

आउने २७ गते कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर खुल्ला नहुने पनि मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जानकारी दिनुभएको छ ।

यस दिन हजारौ भत्तजनको सहभागिता हुने गरेकाले कोरोनाको जोखिम अत्यधिक रहने भन्दै मन्दिर भित्रन नदिने जनाएको छ । साथै यस दिन राष्टपतिको आवागमनका बारेमा पनि ललितपुर महानगरपालिकाले छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेको छ ।

साउन २८ गते बेलुका भिमसेनलाई नगर परिक्रमा गरीने जात्रा स्थगित भएपनि बिहान मंगलबजारमा रहेको भिमसेनको मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था भने मिलाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार