Sunday, October 27, 2024

स्थानिय तहद्धारा पर्वहरुमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह

काठमाडौ, साउन १८ (हाकाहाकी)– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले रक्षा बन्धन , गाईजात्रा र त्यपछि आउने विभिन्न जात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेका छन् ।
लकडाउन खुले लगत्तै फेरी कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहले आन्तरिक रुपमा सकेसम्म घरमै जात्रा मनाउन आग्ह गरेका छन् ।

घरबाहिर आएर भिडभाड गर्दै जात्रा मनाउनाले संक्रमणको खतरा हुने संकेत गर्दै उनीहरुले सकेसम्म जात्रा पर्व मनाउदै गर्दा भीडभाड नगर्न सुझाव दिएका छन् ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका , भक्तपुर नगरपालिका गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिका लगायतले यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं महानगर, भक्तपुर, गोदावरी र महालक्ष्मी नगरपालिकाले औपचारिक रुपमा नै संक्रमणको जोखीमलाई मध्यनजर गर्न सुझाव दिँदा ललितपुर महानगरले औपचारीक रुपमा नभनेपनि जात्रा पर्व मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ ।
उपत्यकामा मनाइने कुनै पनि जात्रा पर्व मनाउदै गर्दा भीडभाड नगर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेका छन् । महानगरपालिकाको ५० औं कार्यपालिका बैठकले भोली मनाइने रक्षा बन्धन र मंगलबार मनाइने गाइजात्रा पर्व लक्षित गर्दै यी पर्व मनाउने क्रममा बढ्दो संक्रमणको जोखिमलाइ ध्यान दिन आग्रह गरेको हो । उता , ललितपुर महानगरपालिकाले यसविषयमा ठोस निर्णय लिइनसकेको सूचना अधिकारी रुद्र गौतमले जानकारी दिनुभो ।

यद्यपी भाइरसको जोखीम मध्यनजर गर्दै पाटन क्षेत्र, सुनाकोठी , बुङ्मती लगायतका क्षेत्रमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर पर्व जात्रा मनाउन भनिएको उहाँले बताउनुभो । भक्तपुर नगरपालिकाले गाइजात्रा , घिन्ताङ घिसी लगायतका पर्व भिडभाड गरेर नमनाउन आग्रह गरेको छ ।

महालक्ष्मी नगरपालिकाले आन्तरिक रुपमा घरमै जात्रा पर्व मनाउन आग्रह गरेको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताउनुभो ।

लुभु , सानागाउँ लगायतका क्षेत्रमा गाइजात्रा, मत्या जात्राको यात्रा , कृष्ण जात्रा, भिमसेन जात्रा मनाउने क्रममा सामाजिक दुरी कायम गर्दै भिडभाड नगरेर जाँत्रा मनाउन भनिएको उहाँ बताउनुभयो ।

यद्यपी मान्छे मरेको घरबाट भने थोरै संख्यामा मान्छे निस्केर गाइजात्रा मनाउन हुने बताइएको छ । गोदावरी नगरपालिकाले नगर क्षेत्रभित्र योपालीको गाईजात्रा र यससँग जोडिने विभिन्न जात्रा पर्व नमनाउन अनुरोध गरेको छ ।

कोरोना भाइरसको जोखीमलाई मध्यनजर गर्दै नगरपालिकाकाले भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्रा र यससँग जोडिएर आउने विभिन्न जात्रा पर्व नगर्न आग्रह गरिएको हो ।

यही साउन २० गते गाईजात्रा, लाखेजात्रा त्यसको भोलिपल्ट रोपाई जात्रा , मत्या जात्रा त्यसको एक हप्तापछि कृष्ण जात्रा लगायतका जात्रा पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले जानकारी दिनुभयो ।

विशेषगरी १४ वटा वडा रहेको गोदावरीमा वडा नम्बर ५ ,११, १२ र १३ नम्बर वडाले यी विभिन्न जात्रा मनाउने गरेका छन् । जात्राका क्रममा भिडभाड हुने र त्यसवाट कोरोनाको जोखीम रहने भएकाले जात्रा नमनाउन अनुरोध गरिएको मेयर मर्हजनको भनाई छ । लेले , चापागाउँ , ठेचो र बाडेगाउँमा विशेषगरी जात्राको चहलपहल हुने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार