Sunday, October 27, 2024

नेपालगंजमा आजबाट निषेधाज्ञा

काठमाडौ, साउन १८ (हाकाहाकी)–बाँकेको नेपालगन्जमा आजदेखी निषेधाज्ञा जारी गरीएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखीम बढेको भन्दै आज देखी तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

पछिल्लो पटक पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि निषेधाज्ञा जारी गर्नुपरेको उहाँको भनाई छ ।

उहाँले बाँके जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो् । नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

उता समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित विराटनगर महानगरपालिकामा दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार