Sunday, October 27, 2024

पर्सामा सोमबारदेखि जिल्लाभर निषेधाज्ञा

काठमाडौ, साउन १८ (हाकाहाकी)– पर्सामा सोमबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।

साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितलाई घरमै राखिएको छ । लक्षण सहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार