Sunday, October 27, 2024

ट्राफिक महाशाखाका ३१३ जना क्वारेन्टिनमा

काठमाडौ, साउन १८ (हाकाहाकी)– महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित ३ सय १३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

कार्यरत २ जनालाई संक्रमण देखीपछि उनीहरुको सम्पर्कमा आएकाहरु सबैलाई हाल क्वारेन्टाइनमा राखीएको ट्राफिक प्रहरी प्रवक्ता एसपी बामदेव गौतमले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका दुई जनालाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालसहित ३ सय १३ जना ब्यारेक–ब्यारेकमै रहेको उहाँले बताउनुभयो । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ । महाशाखा मातहत उपत्यकामा ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३ सय १३ जना क्वारेन्टिनमा गएपछि १ हजार २ सय जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । कम प्रेसर भएको ठाउका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएको उहाँले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार