Sunday, October 27, 2024

कोरोना अझै महामारीकै रुपमाः डब्लुएचओ

काठमाडौ, साउन १८ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले महामारी घोषणाको ६ महिना बितिसक्दा पनि कोरोना अझै महामारीकै रुपमा रहेको बताएको छ ।

डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ ।

संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई बिश्वभरी महामारी घोषणा गरेको थियो । डब्ल्युएचओका प्रमुख टेड्रोस गेब्रियससले धेरै देशहरुमा कोरोना महामारीको खराब अवस्था आएर गइसकेको लागेपनि , अहिले संक्रमणको दोस्रो लहर देखिएको बताउनुभएको छ । धेरैदेशमा अघिल्लो हप्ता संक्रमण घटेको थियो, तर यतिखेर निकै तीव्र गतिमा संक्रमण फैलिएको (डब्ल्युएचओ)ले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार