Sunday, October 27, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौ, साउन १६ (हाकाहाकी)– वीरगञ्जमा बिहीबार तीन जना र शुक्रबार ललितपुरको पाटन अस्पतालमा एक जना गरी कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५६ पुगेको छ ।

कोरोना संक्रमणका कारण वीरगञ्जमा बिहीबार थप ३ जनाको मृत्यु भएको हो । शुक्रबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा १ जना महिनाको मृत्यु भएको छ । उल्लेखित तीन जना समेत गरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध र जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृत छन । उनीहरुको बिहीबार मृत्यु भएको हो ।

अघिल्ला दुवैजनामा गएराति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभएको छ ।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा गएराति ८ बजे मृत्यु भएको हो । ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा हिजो बिहान मृत अवस्थामा फेला परेका थिए । मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको थियो ।

यसैगरी गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ ।

यसैबीच शुक्रबार बिहान ९ बजे पाटन अस्पतालमा उपचाररत ६५ बर्षीया महिलाको मृत्यु भएको हो । मृतक ललितपुर थसिखेलबासी हुन । उनी यसबीचमा वीरगञ्जबाट आएकी थिइन । निमोनियाबाट ग्रसित उनको आइसीयूमा उपचार भइरहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार