Sunday, October 27, 2024

नारायणगढ–मुग्लिन सडक खण्ड एकततर्फी खुला

काठमाडौ, साउन १६ (हाकाहाकी)–नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति पहिरो खसेको थियो। पहिरो पन्छाएर अहिले एकतर्फी सडक सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्।

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। हिजोमात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार