Sunday, October 27, 2024

‘इनफ इज इनफ’ आन्दोलन शुक्रबारबाट बालुवाटार केन्द्रित

काठमाडौ, साउन १६ (हाकाहाकी)– कोभिड १९ को संक्रमण नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै सुरु भएको ‘इनफ इज इनफ’ आन्दोलन शुक्रबारदेखि फेरि बालुवाटार केन्द्रित हुने भएको छ ।

’इनफ इज इनफ’का अभियानकर्मीले दिउँसो १२ बजेदेखि बालुवाटारमा आन्दोलन गर्न लागेका हुन् । असार २२ मा सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि उनीहरू फेरी आन्दोलित भएका छन्।

सहमति कार्यान्वयन नभएको भन्दै अभियानकर्मीहरू दुई सातादेखि बसन्तपुरमा अनसनरत छन ्। यसअघि उनीहरूले बालुवाटारमा पनि प्रदर्शन गरेका थिए।

कोरोना भाइरसविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा उत्रिएका अभियानका युवाहरू र सरकारबीच असार २२ मा कोरोनाको जोखिममा रहेका सबैको राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने सहमति भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार