Sunday, October 27, 2024

नेपालीलाई कुवेत प्रवेशमा रोक

काठमाडौ, साउन १६ (हाकाहाकी)– नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।

कुवेत सरकारले भोली अगष्ट १ देखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले हिजो यस्तो निर्णय गरेको जनाइएको छ ।

कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा भोली देखि फेरि सुरु हुँदैछ । लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर स्वदेश ल्याईसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार