Sunday, October 27, 2024

विदेशमा अलपत्र नेपालीलाई लिन शुक्रबारबाट चौथो चरणको उडान

काठमाडौ, साउन १६ (हाकाहाकी)– विदेशमा अलपत्र नेपालीको चौथो चरणको उद्धार उडान शुक्रबारदेखि सुरु हुदैछ । केही दिन रोकिएको उडान शुक्रबारदेखि फेरि सुरु भएको हो ।

चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्मका लागि तय भएको छ । कोरोना महामारीपछि उडान बन्द हुँदा समस्यामा परेका विभिन्न २९ देशबाट ३५ हजार ८सय ४ जना हवाइमार्गमार्फत स्वदेश फर्किएका छन् ।

शुक्रबार नै विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । मलेसियाबाट मलिण्डो एअरले त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउने छ भने आज कुवेतबाट मात्रै चार उडानबाट नेपाली घर फर्कंदै छन् । हिमालय एअरको दुई उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।

कुवेतबाटै जजिरा एअरका दुई जहाज पनि आज नेपाली लिएर आउँदैछन् । यूएईको दुबईबाट आज नेपालीहरु स्वदेश आउँदैछन् । आज श्री एअरलान्स बैंकक गएर आउने छ भने हिमालय एअरलान्सको एक जहाज कुनमिङ् गएर आउने छ । ग्वान्जाओबाट चाइना साउर्दन एअरलाइन्स पनि नेपाल आउँदै छ ।

ताजा समाचार

सम्बन्धित समाचार