Sunday, October 27, 2024

रातीमा उपत्यकाका प्रवेश गर्न रोक

काठमाडौ, साउन १६ (हाकाहाकी)– सरकारले काठमाण्डौ उपत्यका भित्रने सबै नाकामा रातिको समयमा आवागमन पूर्णरुपमा रोक लगाएको छ ।

उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि सरकारले गए रातिदेखि नै लागू हुने गरी उपत्यका भित्रने सबै नाकामा रातिको समयामा अत्याबस्यकी बाहेकाका सवारी आवागमनमा पूर्णरुपमा रोक लगाएका गृह मन्त्रलयका उप सचिव एबमं सुचना अधिकारी रमाकान्त अधिकारीले बताउनु भयो ।

गृह मन्त्रालयले सूचना निकालेर बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक काम बाहेकका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान मिल्ने गरी दिइने गाडीको पास जारी नगर्न र पास बिनाका गाडीलाई जिल्लामा प्रवेश नदिन पनि निर्देशन दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार