Sunday, October 27, 2024

प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण

काठमाडौ, साउन १६ (हाकाहाकी)– प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना संक्रमितको संख्या ७२ पुगेको बताउनु भयो ।

उहाँले संक्रमितहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको जानकारी दिनुभयो ।

संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका छन् । संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यो संगै देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार