Sunday, October 27, 2024

कोरोनाबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु

काठमाडौ, साउन १६ (हाकाहाकी)– कोरोना संक्रमणका कारण वीरगञ्जमा थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध र जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृत छन । उनीहरुको बिहीबार मृत्यु भएको हो ।

अघिल्ला दुवैजनामा गएराति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभएको छ ।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा गएराति ८ बजे मृत्यु भएको हो । ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा हिजो बिहान मृत अवस्थामा फेला परेका थिए । मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको थियो ।

यस्तै, गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ । योसंगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार