Sunday, October 27, 2024

क्रिकेट खेलाडीको पिसिआर परीक्षणका लागि क्यानको प्रस्ताव

काठमाडौ, साउन १६ (हाकाहाकी)– नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको जनाएको छ ।

प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बबताउनु भयो ।

उहाँलेले पीसीआर परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको बताउनु भयो । सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने जनाक्एो छ।

उहाँले परीक्षणपछि नतिजा नेगेटिभ आए खेलाडीले क्वारेन्टिनमा बस्न नपर्ने बताउनु भयो । खेलाडीको प्रशिक्षण सुरु गर्न एक साता पहिले पीसीआर परीक्षणका लागि सबैलाई डाक्ने तयारी भएको पनि उहाँले जानकारी दिनु भयोृ ।

ताजा समाचार

सम्बन्धित समाचार