Monday, October 28, 2024

प्रहरी मुख्यालयका २७ जनामा कोरोना पुष्टि

काठमाडौ, साउन १३ (हाकाहाकी)– नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो ३ दिनमा प्रहरी मुख्यालयमा कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । पहिलो दिन ४ जनामा संक्रमण देखिएको थियो भने त्यसपछि एकैदिन हिजो २३ जनामा संक्रमण देखिएको हो । प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । तर एकदम जरुरी परेकालाई भने प्रवेशमा अनुमति रहेको एआईजी शाहीले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार