Monday, October 28, 2024

उपत्यकामा २४ घण्टामा ५३ जनामा कोरोना पुष्टि, अधिकांस काठमाडौमा

काठमाडौ, साउन १३ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ११ जनामा कोरोना पुष्टि भएको बताउनुभएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनालाई कोरोना पुष्टि भएको छ । उपत्यकामा यति धेरै संख्यामा कोरोना पुष्टि भएको पहिलो पटक हो । प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना गरि ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै, प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएको बताउनुभएको छ । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

उहाँको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ । यसैगरी, मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाका कारण ५९ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार