Monday, October 28, 2024

सामाजिक दुरी कायम गरी पञ्चदान मनाइदै

काठमाडौ, साउन १३ (हाकाहाकी)– सामाजिक दुरी कायम गर्दै दान धर्मको पर्व पञ्चदान मंगलबार ललितपुरको पाटनमा मनाईदैछ ।

कोरोना भाइरसको महामारीको जोखीम रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना सहित सामाजिक दुरी कायम गरेर ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइन लागेको हिरण्यबर्ण महाबिहारका आजु चित्रबिर बज्रार्चाले जानकारी दिनुभएको छ ।

हरेक वर्षको श्रावण शुक्ल अष्टमीका दिन यल पन्चदान पर्व मनाउने गरिन्छ । पाटनमा मनाउने भएकाले यसलाई यल पन्चदान भनिएको हो ।

आफु मात्र लिने नभइ अरुलाई पनि दिने प्रवृत्तिको उदाहरणको रुपमा यो पर्वलाई लिने गरिन्छ । नेवार समुदाय अन्र्तगत रहेका बौद्ध धर्मावलम्बीहरुले यो पर्व मनाउने गर्छन् ।

बज्र्राचार्य तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटि आदि दान गरी यो पर्व मनाइन्छ ।

यसरी दान गर्दा बहा बही तथा घरका आगनमा दीपंकर बुद्धका मुर्ति , देवदेवी तथा पौवा चित्र सजाएर पन्चदान गर्ने परम्परा रहेको संस्कृतिविद सुवर्ण शाक्य बताउछन् ।

दान गरेको खण्डमा दुख कष्ट नाश भई सुख शान्ति मिल्ने विश्वास छ । ललितपुरको हिरन्यवर्ण महाविहार लगायत ललितपुरका थुप्रै विहारमा पन्चदान पर्व मनाइदैछ ।

ताजा समाचार

सम्बन्धित समाचार