Monday, October 28, 2024

मनसुन फेरी सक्रिय, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौ, साउन १३ (हाकाहाकी)– मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विशेषगरी पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ ।

तर नजिकै कतै पानी परे पनि नजिकै अर्को ठाउँमा पानी परेको छैन । राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ । मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क हुन आग्रह गरीएको छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ७१ दशमलव ७ मिलीमिटर र पोखरामा १ सय ४९ दशमलव ७ मिलीमिटर तथा पानी परेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार