Monday, October 28, 2024

गाईजात्रा नमनाउन गोदावरी नगरपालिकाको आग्रह

काठमाडौ, साउन १३ (हाकाहाकी)– गोदावरी नगरपालिकाले कोरोना फैलिने संभावनालाई मध्यनगर गर्दै नगर क्षेत्रभित्र यस पटकको गाईजात्रा र यससँग जोडिने विभिन्न जात्रा पर्व नमनाउन अनुरोध गरेको छ ।

कोरोना भाइरसको जोखीमलाई मध्यनजर गर्दै नगरपालिकाकाले भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्रा र यससँग जोडिएर आउने विभिन्न जात्रा पर्व नगर्न आग्रह गरिएको हो ।

यही साउन २० गते गाईजात्रा, लाखेजात्रा त्यसको भोलिपल्ट रोपाई जात्रा , मत्या जात्रा त्यसको एक हप्तापछि कृष्ण जात्रा लगायतका जात्रा पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले जानकारी दिए ।

विशेषगरी १४ वटा वडा रहेको गोदावरीमा वडा नम्बर ५ ,११, १२ र १३ नम्बर वडाले यी विभिन्न जात्रा मनाउने गरेका छन् । जात्राका क्रममा भिडभाड हुने र त्यसवाट कोरोनाको जोखीम रहने भएकाले जात्रा नमनाउन अनुरोध गरिएको मेयर मर्हजनको भनाई छ । लेले , चापागाउँ , ठेचो र बाडेगाउँमा विशेषगरी जात्राको चहलपहल हुने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार