Monday, October 28, 2024

पहिरोले सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध

काठमाडौ, साउन १२ (हाकाहाकी)– भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार