Monday, October 28, 2024

पहिरोका कारण गुल्मीको रिडी–वामी टक्सार खण्ड अवरुद्ध

काठमाडौ, साउन १२ (हाकाहाकी)– अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अवरुद्ध भएको छ ।

शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

पानी पर्ने क्रम रोकिए आज साँझसम्म सडक खुल्न सक्ने बताइएको छ । अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार