Monday, October 28, 2024

मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ” सुरु

काठमाडौ, साउन १२ (हाकाहाकी)– समुदायमा संक्रमण फैलिएको आशङ्कामा मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’ सुरू गरिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा हिजोबाट ‘मास टेस्टिङ’ सुरू गरिएको हो । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो ।

पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनु भएको छ ।

हिजो पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले बताउनु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार