Monday, October 28, 2024

मास्क नलगाई निस्कनेलाई कारवाही गर्न गृहको दोस्रो निर्देशन

काठमाडौ, साउन १२ (हाकाहाकी)– मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लालाई फेरी निर्देशन दिएको छ ।

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभएको छ ।

रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका हुन । मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो ।

नियम उलंघन गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ ।

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिड्ने गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार