Monday, October 28, 2024

भारतमा २४ घण्टामा करिब ५० हजार संक्रमित

काठमाडौ, साउन १२ (हाकाहाकी)– भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार १ सय १४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५ सय ६८ जना संक्रमितमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७ सय ९९ संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७ सय २३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६ सय ६ जना संक्रमित भएको बिबिसि हिन्दीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार