Monday, October 28, 2024

बाग्लुङ पहिरोमा बेपत्तामध्ये एक जनाको शव भेटियो

काठमाडौ, साउन ११ (हाकाहाकी)– बागलुङ नगरपालिका–१ निरहेघाट नजिकै सुख्खा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान हिजो राति पहिरोमा पुरिनुभएको थियो ।

उहाँसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभएको छ । सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार