Monday, October 28, 2024

बिदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

काठमाडौ, साउन ११ (हाकाहाकी)– विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यो हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो । योसँगै हिजो साँझसम्म विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या १ सय ६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १ सय ५० संक्रमित नेपालीमध्ये २९ हजार २ सय ४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको संघले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता संक्रमण बढेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार