Monday, October 28, 2024

उपत्यका भित्रिने दुई नाकामा कोरोना परीक्षण

काठमाडौ, साउन ११ (हाकाहाकी)– सरकारले काठमाडौं उपत्यका भित्रिने दुई नाकामा कोरोना परीक्षणका लागि नमुना संकलन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्य जिल्लाबाट काठमाडांै भित्रिने नागढुंगा र साँगा नाकामै आजबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको जानकारी दिनुभएको छ । लगभग १० हजारजनाको नमुना सकंलन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नमुना संकलन गरेर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ । प्रवक्ता डा. गौतमका अनुसार नाकामा संकलन गरिएको स्वाबमा कोरोना पोजेटिभ देखिए तुरुन्तै अस्पतालको आइसोलेन वा अन्य आइसोलेसनमा राखिनेछ भने कोरोना नेगेटिभ देखिएमा अन्य मानिससँग सम्पर्क नभइ १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । काठमाडौंबाहिरका जिल्लाको ४० हजारको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार