Monday, October 28, 2024

पछिल्लो २४ घण्टामा १३० संक्रमित, अहिलेसम्म ४५ को मृत्यु

काठमाडौ, साउन ११ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमिति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ ।

यो सँगै कुल कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । नेपालमा अझै ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कुल निको हुने संख्या १३ हजार १ सय २८ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभएको छ । यस्तै अहिलेसम्म कोरोनाका कारण ४५ जनाले ज्यान गुमाएका छन् । देशभर अहिले १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा र ५ हजार ४ सय ४० जना आइसोलेशनमा रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार