Monday, October 28, 2024

उत्तर कोरियामा पहिलोपटक लकडाउन

काठमाडौ, साउन ११ (हाकाहाकी)– उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक लकडाउनको घोषणा गर्नुभएको छ ।

यो बन्दाबन्दी देशभर नभइ दक्षिण कोरियाको सीमा नजिकको शहर काएसोङमा मात्र लगाइएको हो । संभावित कोरोनाभाइरस संक्रमणलाई रोक्न भन्दै यस शहरमा संकटकाल पनि घोषणा गरिएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाए अनुसार एक व्यक्तिमा कोभिड–१९ का लक्षण देखिएपछि यो शहरमा संकटकाललाई कडाइका साथ लागू गरिएको छ । ती व्यक्ति दक्षिण कोरियाबाट एक साताअघि गैरकानुनी ढंगमा उत्तर कोरिया पसेको बताइएको छ।

उत्तर कोरियाले अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस संक्रमण नभएको बताउँदै आएको थियो ।

तर, उसको दाबीप्रति विश्वका धेरै संक्रामक रोग विज्ञहरुले आशंका गरेका छन्। यदि अहिले नियन्त्रणमा लिइएका व्यक्तिमा संक्रमण देखिए उनी उत्तर कोरियाका पहिलो संक्रमित हुनेछन् ।

संक्रमण फैलिन नदिन उत्तर कोरियाले चीनसँगको सीमा पूर्णतः बन्द गरेको छ। दक्षिण कोरियाको सीमा बन्दै हुने भए पनि लुकिछिपी पस्नेहरुलाई रोक्न थप कडाइ गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार